January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

कोरोना संक्रमण अमेरिकामा बढ्दोः मृत्यु हुनेको संख्या पुग्यो ११ सय

कोरोना संक्रमण अमेरिकामा बढ्दोः मृत्यु हुनेको संख्या पुग्यो ११ सय

चैत १४, एजेन्सी
कोरोना (कोभिड १९) भाइरस संक्रमण अमेरिकामा व्यापक रुपमा फैलिएको छ । त्यहाँ चीन र इटलीमा भन्दा पनि बढी मानिसहरू संक्रमित भइसकेका छन् । अमेरिकामा ८५,२८०४ जनामा कोरोना संक्रमण भइसकेको पुष्टी भएको छ । अहिलेसम्म कोरोना संक्रमणका कारण अमेरिकामा १,१०० मानिसको ज्यान गइसकेको छ । जुन चीन र इटलीको भन्दा धेरै हो । हालसम्म चीनमा ८१,७८२ र इटलीमा ८०,५८९ जना संक्रमित भेटिएका छन् ।
जोप हापकिन्स विश्वविद्यालयले सार्वजनिक गरेको ताजा तथ्यांक विश्लेषण गर्दा चीन र इटलीपछि अब अमेरिकामा कोरोना संक्रमणले ब्यापक मानवीय हताहती निम्त्याउने देखिएको छ । न्यूयोर्कका अस्पतालहरुमा क्षमताभन्दा बढी बिरामीहरु राखिएको छ । त्यहाँका गभर्नर एन्ड्रयु क्योमोले यसअघि अमेरिकामा द्रुततगतिको रेल जसरी कोरोना संक्रमणको दर बढीरहेको बताएका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ कोरोना फैलनुको मूख्य कारण यस्ता मानिसको परीक्षण गर्नु रहेको तर्क गर्दे आएका छन् ।

Advertisement