May 15, 2025, Thursday
२०८२ जेष्ठ २

स्पेनिश सरकारद्धारा सबैै नीजि अस्पताल र स्वास्थ्य संस्थालाई राष्ट्रियकरण

स्पेनिश सरकारद्धारा सबैै नीजि अस्पताल र स्वास्थ्य संस्थालाई राष्ट्रियकरण

चैत १४, काठमाडौं ।
स्पेनिश सरकारले कोरोनाभाइरस (कोभिड (१९)को संक्रमण विरूद्ध लड्नका लागि नीजि अस्पताल र स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरुलाई राष्ट्रियकरण गरेको छ । पेड्रो सान्चेज सरकारले सोमबार स्पेनका सबै निजी स्वास्थ्य संस्थाहरूको सुविधालाई राष्ट्रियकरण गर्दै कोरानाभइरसको संक्रमणलाई सार्वजनिक नियन्त्रणमा राख्ने घोषणा गरेको हो ।
उक्त कदमको घोषणा स्पेनका स्वास्थ्यमन्त्री साल्भाडोर ईलाले गरेका हुन् । उनले स्पेनमा मेडिकल अध्ययनरत चौथो वर्षका विद्यार्थीलाई पनि देशको स्वास्थ्य सेवामा सहयोग र्पुयाउन आग्रह गरेका छन् ।
कोरोना भइरसबाट चीन बाहिरका सबैभन्दा बढी प्रभावित देशहरू मध्ये स्पेन एक हो । स्पेन सरकारले कोरोनाभाइरसको प्रकोप विरूद्ध लड्न धेरै असाधारण कदमहरू चाल्यो । यहाँ गत हप्ता राष्ट्रिय आपतकालको अवस्थाको घोषणा गरिएको छ । स्कूल र सार्वजनिक ठाउँहरू बन्द गरिएको छ । नागरिकहरूलाई आवश्यक काममा वा खाद्यान्न र औषधि जस्ता आवश्यक चीज किन्न मात्र घर बाहिर जान अनुरोध गरेको छ ।
स्पेनको राजधानी म्याड्रिडका सुपरमार्केट र फार्मेसीहरु बाहेक रेस्टुरेन्ट, बार र अधिकांश पसल पनि बन्द छन् । अधिकारीले नागरिकको आवागमनको अनुगमन गर्न ड्रोन प्रयोग गर्दैछन् । स्पेनमा सोमबार ९ हजार १ सय ९१ जनामा यो भाइरसको पुष्टि भएको थियो भने यस संक्रमणबाट ३ सय ९ जनाको मृत्यु भएको थियो । – बिजनेस ईन्साइडर

Advertisement