अस्ट्रेलियामा पाँच नेपाली विद्यार्थी कोरोना संक्रमित
चैत १५, अस्ट्रेलिया ।
अस्ट्रेलियामा पाँच जना नेपाली विद्यार्थी कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका छन् । सिड्नीको ग्रान्भिलमा एउटै कोठामा बस्ने चार नेपाली छात्रा कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका नेपाली दूतावासले पुष्टि गरेको छ । उनीहरुलाई सेल्फ क्वारेन्टनाइनमा राखेर उपचार भैंरहेको छ ।
यस्तै सिड्नीमै बस्ने अर्की एक नेपाली विद्यार्थीमा समेत भाइरसको संक्रमण देखिएको छ । हाल उनको स्वास्थ्य सामान्य रहेकोदूतावासले जनाएको छ । यसअघि सिड्नीमै एक नेपाली विद्यार्थी कोरोनाबाट संक्रमित भएर उपचारपछि घर फर्किसकेका छन् ।
शनिबार दिउँसोसम्म अस्ट्रेलियामा ३ हजार ५ सय ७३ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएको विभिन्न संचार माध्यमले जनाएका छन् । जसमध्ये हालसम्म कोरोनाबाट १४ जना मानिसले अस्ट्रेलियामा ज्यान गुमाएका छन् ।
प्रतिकृया दिनुहोस्