January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

नर्वे र स्पेनमा कोरोनाको औषधि परीक्षण शुरु

नर्वे र स्पेनमा कोरोनाको औषधि परीक्षण शुरु

चैत १५, एजेन्सी ।
विश्वभरी फैलिएको कोरोना संक्रमणको महामारीबाट बच्ने नयाँ विकल्प खोजीरहेको विश्वमा नयाँ खवर आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रुपमै कारोना भाइस नियन्त्रण गर्नै दवाईको परीक्षण गर्दा आफ्नो मुलुक बढी प्रभावित भएको र आफूहरु सफल भैसकेको दावी गर्दे आएका छन् । उनले पटक पटक सार्वजनिक मञ्चमा भन्दै आएका दवाईको आलोचना विश्व स्वाथ्य संगठन (डब्लूएचओ) ले नै गर्दे आएको थियो । डोनाल्डका भनाईहरुको सर्वत्र आलोचना भइरहेका बेला डब्लूएचओले यी औषधिमाथि परिक्षण शुरु गरेको हो ।

विज्ञहरुले यस सम्बन्धि थप परिक्षणहरु आवश्य रहेको भन्दै अहिले नै हतारिएर यी औषधि प्रयोग नगर्न सुझाईरहेका समय डब्लुएचओले परीक्षण नै शुरु गरेको हो । डब्लुएचओले कोरोना भाइरसको उपचारको लागि पहिलो पटक आधिकारिकरुपमा नर्वे र स्पेनमा यस्तो परिक्षण शुरु गरिएको हो ।
विश्व स्वास्थ्य संगठनले मलेरियाको उपचारमा प्रयोग गरिने औषधि लगायत ४ वटा औषधिको संयुत्त परिक्षण प्रयोग शुरु गरेको हो । ती औषधिमा मलेरियामा प्रयोग गरिने क्लोरोक्वाइन र हाइड्रोक्सिक्लोरोक्वाइन, रम्दिसिभिर नामक एन्टिभाइरल समिश्रण एचआइभी एड्सको औषधिकोरुपमा प्रयोग गरिने लोपिनाभिर र रिटोनाभिरहरुलाई परिक्षणको रुपमा प्रयोग गरिएको छ ।

क्लोरोक्वाइन र यसको डेरिभेटिभ औषधि हाइड्रोक्सिक्लोरोक्वाइन दशकौँदेखि प्रयोगमा रहँदै आएका औषधि हुन् । फ्रान्समा गरिएको एउटा अध्ययनमा सकारात्मक लक्षण देखिएपछि विश्व स्वास्थ्य संगठन थप परिक्षणका लागि उत्साहित हुँदै परीक्षण शुरु गरेको हो । डब्लूएचओका नयाँ रोग हेर्ने विभागका प्रमुख डाक्टर मारिया भाङ केकोहोभले अहिलेसम्म कुनै पनि औषधिको पुनः परिक्षण नसकिएको र सबै औषधिहरु क्लिनिकल ट्रायल जारी रहेकोले औषधिको परीक्षण ने सफल भएको भने भन्न नसकिने बताउँदै आएका छन् ।

Advertisement