May 15, 2025, Thursday
२०८२ जेष्ठ २

अर्थमन्त्रीद्धारा आत्माहत्याः अर्थतन्त्रधान्न नसकेको चिन्ता

अर्थमन्त्रीद्धारा आत्माहत्याः अर्थतन्त्रधान्न नसकेको चिन्ता

एजेन्सी १६, चैत ।
विश्वमा कोरोना सक्रमणलाई तेस्रो विश्व युद्धको रुपमा हेरिएको छ । संसारका मैंहुँ भन्ने देशका शासक समेत यतिखेर कोरोना अगाडि घुँडा टेक्न बाध्य भएका छन् । विश्व अर्थतन्त्र त यतिखेर झनै ध्वस्थ भएको छ । मैहुँ भन्ने शाक्ति सम्पन्न राष्ट्रको यतिखेर आफ्नो बचस्व धुम्ने चिन्ताले सताएको छ । कोरोनाकै कारण विश्वमा नयाँ र पत्यारै लाग्ने नसक्ने घटना घट्न थालेका छन् । ंयस्तै घटना उच्च रूपमा संक्रमितमध्येको एक युरोपेली मुलुक जर्मनीका घेटेको छ । विश्व शाक्ति मध्ये एक मानिने जर्मनीमा यतिखेर एक मन्त्रीले आत्महत्या गरेका छन् । कोरोना भाइरसका कारण सिर्जित आर्थिक संकटबीच जर्मनीको हेसे राज्यका अर्थमन्त्री थोमस स्याफरले शनिबार आत्महत्याको गरेका हुन् ।
मृत्यु हुनुअघि उनले आत्महत्या नोटसमेत लेखेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएको जर्मन दैनिक ‘फ्र्याङकफर्टर अल्जिमाइन’ले उल्लेख गरेको छ । अर्थमन्त्री स्याफरले किन आत्महत्याको बाटो रोजे भन्ने कुरा त्यसमा उल्लेख गरेको अनुसन्धान अधिकारीहरूले बताएका छन् ।
अर्थमन्त्री स्याफर कोरोना भाइरसका कारण चिन्तित बनेका थिए । जर्मन समाचार संस्था डच वेलेले भनेको छ, ‘कोरोना भाइरसका कारण सिर्जित संकटबीच आर्थिक सहयोगबारे जानकारी गराउन उनी सार्वजनिक रूपमा देखिने गरेका थिए ।

मन्त्री स्याफरको शव जर्मनीको फ्र्याङफर्ट र मान्जबीचमा पर्ने होचेमको तीव्र गतिमा चल्ने रेलको लिकमा शनिबार भेटिएको थियो । कोरोना भाइरसको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले शव रेलको लिकमा देखे पनि उनी अर्थमन्त्री स्याफर हुन् भन्ने सुरुमा पहिचान गर्न सकेनन् ।
मन्त्री स्याफर जर्मन चान्सलर एन्जिला मर्केलको मध्य–दक्षिणपन्थी दल क्रिस्चियन डेमोक्र्या्टिक पार्टीमा दुई दशकदेखि सक्रिय थिए भने १० वर्षयता उक्त राज्यको अर्थमन्त्रीको जिम्मेवारी निर्वाह गर्दै आएका थिए । हेसे जर्मनीको आर्थिक राजधानी मानिएको फ्र्याङ्कफर्ट हेसे राज्यमा नै पर्छ ।
सो राज्यका प्रधानमन्त्री भोल्कर बोफरले सन् २०२३ मा हुने निर्वाचनमा प्रतिस्पर्धा नगरेको स्थितिमा स्याफरलाई हेसे राज्यको भावी प्रधानमन्त्रीको रूपमा हेरिएको थियो ।
सो राज्यका प्रधानमन्त्री भोल्कर बोफरले स्याफरको मृत्युलाई पत्याउनै नसकिने दुखद घटना भनेका छन् । कोरोना भाइरसले सिर्जना गरेको संकटको घडीमा मन्त्री स्याफर जनताको अपेक्षाअनुरूप आर्थिक सहायता दिन केन्द्रित रहेको पनि भोल्करले उल्लेख गरेका छन् ।

Advertisement