स्वास्थ्य सामग्री बोकेर उडेको सेनाको स्काइ ट्रकभित्र अनौठो गन्ध आएपछि फर्काएर काठमाडौंमै ल्यान्ड
चैंत १७, काठमाडौं ।
चीनबाट आयातित कोरोना संक्रमण रोक्ने राहत प्याकेज लिएर प्रदेश १ र सुदूर पश्चिम प्रदेश गएको सेनाको स्काइ ट्रक (हेलिकप्टर) मध्ये एउटा फिर्ता भएको छ। हेलिकप्टरभित्र एक्कासी अनौठो गन्ध फैलिएपछि काठमाडौं नै फिर्ता गरिएको हो।
सोमबार बिहान ९ बजेर ५० मिनेटमा त्रिभुवन विमानस्थलबाट उडेको सो विमानभित्र अनौठो गन्ध आएपछि १० मिनेटमै फर्किएर १० बजे त्रिभुवन विमानस्थल अवतरण भएको हो ।
स्काइ ट्रकमा खुर्सानी पोलेको जस्तो कडा राग आएका कारण फर्काइएको स्रोतले जानकारी दिएको छ।
अब विमान एकपटक चेकजाँच गरेर पुनः उड्ने बताइएको छ ।
प्रतिकृया दिनुहोस्