कोरोना संक्रमणको केन्द्र बन्यो अमेरिका, एकैदिन ७ सय माथिको मृत्यु
१९ चैत, काठमाडौं ।
चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण यतिखेर युरोपको पनि अमेरिका भएको छ । युरोपमा इटाली सबैभन्दा आक्रन्त बनेको भएपनि पछिल्लो केन्द्र अमेरिका बन्न गएको छ । अमेरिकामा कोरोनाको फैलावट र मृत्युदर प्रत्येक दिन बढ्दो छ । पछिल्लो दुई दिनमा मात्रै अमेरिकामा करिब ४४ हजार नयाँ संक्रमित देखिएको समाचार एजेन्सीले दाबी गर्दे अएका छन् ।
अघिल्लो दिन २० हजार ९ सय ९७ जना नयाँ संक्रमित अमेरिकामा मात्रै देखिएकोमा पछिल्लो दिन २३ हजार ५ सय ५२ जना नयाँ संकरमित थपिएका छन् । अघिल्लो दिन ५५८ जनाको मृत्यु भएकोमा पछिल्लो दिन ७ सय १९ जना थपिएका छन् ।
अहिलेसम्म संक्रमित भएको संख्याको हिसावमा २१ प्रतिशत अमेरिकामा छन् । ८ लाख ५६ हजार ९ सय १० जना संक्रमित हुँदा ४२ हजार १०७ जनाको मृत्यु भएको छ । पछिल्लो १ दिनमा ७२ हजार १७२ जना नयाँ संक्रमित हुदा ४ हजार ३ सय ३४ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमण फैलिन नदिनका लागि युरोप र एसियाली देशहरूले अपनाए जस्तो सतर्कता र तदारूकता देखिदैन । केही सरकारी कार्यालय, स्कूल, कलेज, प्राइभेट कम्पनी, व्यापारिक हब लगायत बन्द रहेपनि अमेरिका पूर्णरूपमा लकडाउन छैन् । कोरोनाका कारण दुई लाख मानिस मर्न सक्ने र दशौं लाख मानिसमा भाइरसको संक्रमण फैलिन सक्ने राष्ट्रपति ट्रम्प कार्यदलका एकजना उच्च तहका मेडिकल विशेषज्ञले चेतावनी दिएका छन् ।
प्रतिकृया दिनुहोस्