April 30, 2025, Wednesday
[nepali_today_date]

कोरोनाबाट एकै दिनमा ४३ सय ४१ जनाले ज्यान घुमाए

कोरोनाबाट एकै दिनमा ४३ सय ४१ जनाले ज्यान घुमाए

१९ चैत, काठमाडौं ।
संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) संक्रमणबाट एकै दिनमा ४३ सय ४१ जनाले ज्यान घुमाएको विश्व स्वाथ्य संगठन(डब्लुएचओ)ले जनाएको छ । संगठनका अनुसार यो नै कोरोना संक्रमणको कारण एकै दिनमा मृत्यु हुनेको सबैभन्दा ठूलो परिमाण हो ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वरभर ४२ हजार १ सय १४ पुगेको छ । संक्रमितको संख्या साढे आठ लाख नाघेको छ । विश्वभर ८ लाख ५७ हजार २ सय ६१ जना कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख ७७ हजार १४१ जना उपचारपछि निको भएका छन् ।
गएको २४ घन्टामा कोरोना संक्रमणबाट इटालीमा सबैभन्दा धेरै ८ सय ३७ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म मृतकको संख्या १२ हजार ४ सय २८ पुगेको छ । संक्रमितको संख्या एक लाख ५ हजार ७ सय ९२ पुगेको छ ।
इटालीपछि स्पेनमा धेरैको मृत्यु भएको छ । स्पेनमा एकै दिन ७ सय ४८ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या झण्डै ९६ हजार पुगेको छ । स्पेनमा अहिलेसम्म यसको संक्रमणबाट ८ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ ।
अमेरिकमा एकै दिन कोरोना संक्रमणबाट ७ सय २६ जनाको मृत्यु भएको छ भने २३ हजार ९ सय ३ जना नयाँ संक्रमित थपिएका छन् । कोरोनाबाट अमेरिकामा मृत्यु र संक्रमण हुनेदर बढ्दै गएको छ । त्यहाँ अहिलेसम्म ३८ सय ६७ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या १ लाख ८७ हजार ६ सय ९१ पुगेको छ । अमेरिका संक्रमणमा सबैभन्दा अघि छ ।
फ्रान्समा एकैदिन कोरोना संक्रणबाट ४ सय ९९ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या ३५ सय २३ पुगेको छ । ५२ हजारभन्दा धेरै संक्रमित भएका छन् ।
युकेमा एकैदिन ३ सय ८१ जनाको मृत्यु भएको छ । त्यहाँ हिजो ३ हजार ९ जना नयाँ संक्रमित थपिएका छन् ।
कोरोना संक्रमणबाट मंगलबार इरानमा १४१, बेल्जियममा १९२, नेदरल्यान्डमा १७५ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणको उद्गम थलो चीनमा भने हिजो एकैपनि संक्रमित भेछिएन भने कसैको ज्यान गएको समाचार छैन् ।

Advertisement