‘आइसोलेसन’ खोज्दै २० युवतीसहित जर्मनी पुगे थाइल्याण्डका राजा
१९ चैत्र २०७६
थाइल्याण्डका राजा ६७ वर्षीय महा बजिरलंकन आफ्नो देशमा कोरोना भाइरसको महामारी फैलिएसँगै २० युवती र अरु दर्जनौँ दरवारीया कामदारहरुसहित जर्मनी पुगेका छन् ।
कोरोनाको संकटको बेला उनी अहिले जर्मनी पुगेर एक भव्य रिसोर्टमा सेल्फ आइसोलेसनमा बसेका छन् । मिडियाहरुका अनुसार यस्तो बेलामा पनि उनी अहिले मोजमस्तीमै छन् ।
उनी २० महिला समेत साथै लिई जनतालाई छाडेर जर्मनी भागेको मिडियामा जनाइएको छ । थाइल्याण्डमा कोरोनाभाइरसको संकटबाट गुज्रिरहेका बेलामा उनी जर्मनी पुगेको घटनालाई थाइ नागरिकहरुले आलोचना गर्न थालेका छन् । यो बारे जर्मन पत्रिका बिल्डमा छापिएको छ ।
प्रतिकृया दिनुहोस्