April 18, 2025, Friday
[nepali_today_date]

कोरोनाको महामारीले विश्वभर २ करोड ५० लाख रोजगारी गुम्नसक्ने राष्ट्रसंघ चेतावनी

कोरोनाको महामारीले विश्वभर २ करोड ५० लाख रोजगारी गुम्नसक्ने राष्ट्रसंघ चेतावनी

१९ चैत, एजेन्सी ।
कोरोना महामारीका कारण विश्वभर २ करोड ५० लाख रोजगारी गुम्नसक्ने संयुक्त राष्ट्रसंघले जनाएको छ । महामारीले समाजको भित्री पाटोमा समेत असर परेको र जनजीवनै तहसनहस पारेको कारण विश्वमा उक्त रोजगारी घुम्ने संकेत संयुक्त राष्ट्रसंघले दिएको हो ।
महामारीले पार्ने सामाजिक आर्थिक प्रभावसम्बन्धमा एक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रसंघले विश्वमै प्रत्यक्ष बैदेशिक लगानीमा ४० प्रतिशतले कमी आउने जनाएको छ ।


राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले कोरोना भाइरस महामारी दोश्रो विश्वयुद्ध पछिकै सबैभन्दा ठुलो चुनौतीका रुपमा देखापरेको बताएका छन् । यसले विश्वमै आर्थिक मन्दी छाउनसक्ने उनको भनाई छ ।


डढेलो जस्तै फैलिएको महामारीको संक्रमणविरुद्धको लडाईमा औद्योगिक राष्ट्रहरुले अति कम विकसित र कम क्षमता भएका मुलुकलाई सहयोग गर्नुपर्ने पनि महासचिव गुटरेजले धारण छ ।

Advertisement