January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

तीन दिनको शिशु कोरोना संक्रमित भएको पुष्टि

तीन दिनको शिशु कोरोना संक्रमित भएको पुष्टि

२१ चैत्र, काठमाडौं ।

Advertisement

भारतको महराष्ट्रमा तीन दिनको शिशुमा कोरोना भाइरस पोजेटिभ भएको पुष्टि भएको छ।  उनीसँगै उनको आमालाई पनि कोरोना संक्रमण भएको छ भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

Advertisement

मुम्बईको चैंबुर भन्ने ठाउँका विक्की सिंहकी श्रीमती र उनको तीन दिनको छोरामा कोरोना पुष्टि भएको हो । विक्की सिंहले अस्पतालको लापरवाहीका कारण आफ्नो पत्नी र छोरो कोरोना भाइरसबाट संक्रमित भएको आरोप लगाउँदै आएका छन् । अस्पतालले कोरोना संक्रमितलाई बेडमा राखेको र पछि त्यो कोठा राम्रोसँग सफा नगर्दा छोरा र श्रीमतीलाई कोरोनाभाइरस सरेको शिशुको परिवारको आरोप छ।

विक्कीले प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्रीलाई अपिल गर्दै आफूहरु र आफ्नो सानो बच्चाको उपचारमा विशेष ध्यान दिन माग गरेका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार कोरोना भाइरस संक्रमण फैलिएको पाइएपछि साई अस्पताललाई सिल गरिएको छ ।