उत्तर कोरियामा कोरोना संक्रमण नभेटिएपछि कोरोनामुक्त देश घोषणा
२१ चैत्र, काठमाडौं ।
उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोनामुक्त देश घोषणा गरेको छ ।
विश्वका प्रायः सबैजसो देशमा यसको संक्रमण फैलिइसकेको छ । विश्व नै कोरोना संक्रमणको महामारीको प्रकोप बढीरहेको बेला उत्तर कोरियाले भने आफूलाई कोरोनामुक्त देश घोषणा गरेको हो ।
उत्तर कोरियाको इपिडिमियोलोजी विभागका प्रमुख पाक म्योङ सुले समाचार संस्था एएफपीसँग महामारीको रोकथाम गर्न गरिएका प्रयासहरू पूर्णरुपमा सफल भएको बताए । ‘हाम्रोे देशमा हालसम्म एक जना मानिस पनि नोभेल कोरोना भाइरसबाट संक्रमित भएको छैन’, पाकले भने, ‘हामीले देश भित्रिने हरेकको परीक्षण गर्ने र उनीहरुलाई क्वारेन्टाइनमा राख्नेदेखि सबै सामानहरुलाई किटाणुरहित बनाउने जस्ता पूर्वसतर्कता तथा वैज्ञानिक विधिहरु अपनायौँ। त्यति मात्रै नभई हामीले सबै नाका बन्द गरी सामुद्रिक तथा हवाई मार्गहरु पनि अवरुद्ध गरौँ।’
गत जनवरीमै चीनमा भाइरस आउटब्रेक भएको समाचार आउनासाथ आफ्ना सबै नाका बन्द गरी कठोर नियन्त्रणका रणनीतिहरु अपनाएको बताइएको छ। सीमा बन्द गरेर देशभित्र पनि यसबाट बच्ने उपायका बारेमा कडा कानूनहरु लागू गरेको बताइएको छ ।
यद्यपि , स्वास्थ्य विज्ञहरुले उत्तर कोरियामा कमजोर स्वास्थ्य प्रणालीका कारण कोरोना संक्रमणको उच्च जोखिममा रहेको बताउँदै आएका छन् । उनीहरुले कोरियाली सरकारले भाइरसबारेको अवस्था ढाकछोप गरिरहेको पनि आरोप लगाएका छन् ।
प्रतिकृया दिनुहोस्