May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

अमेरिकामा २० लाखको कोरोना परीक्षण, १२ हजार ८ सयले ज्यान गुमाए

अमेरिकामा २० लाखको कोरोना परीक्षण, १२ हजार ८ सयले ज्यान गुमाए

चैत २६, एजेन्सी ।
अमेरिकामा २० लाख ७५ हजार ७ सय ३९ जनाको कोरोना परिक्षण गरिएको छ । जस्मा ४ लाख ४ हजार १२ जनामा कोरोना संक्रमित पुष्टी भएका छन् । हालसम्म अमेरिकामा १२ हजार ८ सय ५४ जनाले ज्यान गुमाएका छन् ।
विश्वमा सबै भन्दा बढी ज्यान गुमाउनेको संख्या इटलीमा छ । इटलीमा १ लाख ४१ हजार ९ सय ४२ जना संक्रमित पुग्दा १७ हजार १ सय २७ जनाले ज्यान गुमाएका छन् । छिमेकी राष्ट्र भारतमा ५ हजार ३ सय ११ जना संक्रमित पुग्दा १ सय ५० जनाले ज्यान गुमाएका छन् ।
विश्वभर १४ लाख बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । १४ लाख ३१ हजार ५ सय ३३ जना संक्रमित मध्ये ८२ हजार ५८ जनाले ज्यान गुमाएका छन् । ३ लाख २ हजार १ सय ४० जना पूर्ण रुपमा संक्रमण मुक्त भएका छन् ।

Advertisement