कोरोनासँग जुझ्न सार्कले मोडालिटी तयार पार्दै, भोली भिडियो कन्फरेन्स हुने
१० बैशाख , काठमाण्डौ –
सार्क राष्ट्र ९दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन० ले कोरोना भाइरस महामारी सँग जुझ्न संयुक्त मोडालिटी तयार पार्दै छन् । उक्त मोडालिटीको बारेमा भोली भिडियो कन्फरेन्स मार्फत् सार्क राष्ट्रबिच छलफल हुदैछ ।
काठमाडौंस्थिति सार्क सचिवालयका अनुसार सार्क आवद्ध राष्ट्रका स्वास्थ्य मन्त्रीबीच सहकार्यको मोडालिटिका विषयमा छलफल गर्न भोली बैठक बस्ने तयारी गरिएको छ ।
गत चैत्र २ गते सार्क राष्ट्रका कार्यकारी प्रमुखबीच भिडियो कन्फरेन्स भएको थियो । उक्त कन्फरेन्समा सबै राष्ट्रले कोभिड १९ नियन्त्रणका लागि स्थापना हुने कोषमा रकम योगदान गर्ने प्रतिवद्धता समेत जनाइसकेका छन् । सो कोषको रकम हरेक सार्कमा आवद्द मुलुकको आवश्यकता अनुसार खर्च गर्ने विषयमा भोलीको भिडियो कन्फरेन्समा छलफल हुने बताइएको छ ।
नेपालले सार्कको कोषमा १० करोड योगदान गर्ने घोषणा गरिसकेको छ ।
सार्क राष्ट्र मध्ये कोरोनाबाट भारतमा सबैभन्दा बढि २० हजार ८० संक्रमित भएका छन् । पाकिस्तानमा ९ हजार ५ सय ६५, बंगलादेशमा ३ हजार ३ सय ८२, अफगानिस्तानमा १ हजार ९२, श्रीलंकामा ३ सय १०, माल्दिभ्समा ८६, नेपालमा ४२, भुटानमा ६ जना संक्रमित छन् ।
प्रतिकृया दिनुहोस्