April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

स्विजरल्याण्डले दिएको ३० हजार किट आईपुग्यो

स्विजरल्याण्डले दिएको ३० हजार किट आईपुग्यो

२६ वैशाख, काठमाडौं ।
स्विजरल्याण्ड सरकारले नेपाललाई दिएको ३० आजार कोरोना परीक्षण गर्ने किट नेपाल आइपुगेको छ । स्विस सरकारले १५ दिन पहिले नै नेपाललाई पोलिमराइज चेन रिएक्सन अर्थात पीसीआर किट दिन चाहे पनि नेपालले खासै पहल नगर्दा नेपाल आउन पाएको थिएन । स्विजरल्याण्डले नेपाललाई दिने किट सिंगापुर हुँदै मलेसिया पुर्याइदिएपछि नेपाल एअरलाइन्सले किट नेपाल ल्याएको हो । बुधबार अष्ट्रेलियाको सिड्नी जाने क्रममा नेपाल एअरलाइन्सले पीसीआर किट क्वालालम्पुरमा लोड गरेर गएको थियो । बिहीबार किट नेपाल आइपुगेको हो । पीसीआर किट नेपालका लागि स्विजरल्याण्डका राजदूतले एलिजावेथ भन क्याप्लरले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिन ।

Advertisement