March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना

भारतका पूर्वप्रधानमन्त्री एवं कंग्रेस नेता मनमोहन सिंह अस्पताल भर्ना भएका छन् । छाती दुख्ने समस्या भएपछि उनलाई दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको हो ।

कांग्रेस प्रवक्ता जयवीर शेरगिलले नेता सिंह अस्पताल भर्ना भएको पुष्टि गरेका छन् । प्रवक्ता शेरगिलले ट्वीटमामार्फत मनमोहन सिंहलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । यसैगरी भारतीय कांग्रेस पार्टीको आधिकारिक ट्विटर ह्यान्डलले पनि पूर्वप्रधानमन्त्रीलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।मनमोहन सिंह सनु २००४ देखि २०१४ सम्म भारतका प्रधानमन्त्री भएका थिए ।

Advertisement