March 28, 2023, Tuesday
१४ चैत्र २०७९, मंगलवार

कोरोनाको औषधि बनाएको दाबी गर्ने डाक्टरको नै औषधि परीक्षणको क्रममा गयो ज्यान

कोरोनाको औषधि बनाएको दाबी गर्ने डाक्टरको नै औषधि परीक्षणको क्रममा गयो ज्यान


कोरोना भाइरस (कोभिड—१९) संक्रमणको औषधि र भ्याक्सिन विकासको लागि विश्वका धेरै देशले काम गरिरहेछन् । ठूलै प्रयासबाट विश्वका कुनैपनि देशले कोरोनाको लागि औषधि बनाउँन सकेको छैन् । धेरै देशमा कोरोनाको औषधि पत्ता लागेको जनाएपनि त्यो धेरै देशका बैद्य देखि बैज्ञानिक समेत असफल भएका छन् । औषधिको निमार्ण गर्ने क्रममा नै छिमेकी देश भारतको चेन्नाइ निवासी आर्युवेद कम्पनीका मालिकको मृत्यु भएको छ ।

Advertisement


कोरोना भाइरस उपचारको लागि औषधि अनुसन्धान गरिरहेका डा.राजकुमारले अघिल्लो साता भनेका भिए, ‘हामीले कोरोना उपचारको औषधि बनाएका छौं । यो परीक्षण हुने क्रममा छ ।’
कोरोना महामारीले हायलकायल भइरहेको भारतमा उनको यो सन्देशले निकै ठूलो स्थान पायो । चेन्नाईमा मात्र नभई दिल्लीमा पनि । तर परीक्षणका क्रममा जे भयो त्यसले डा.राजकुमार मात्र होइन आर्युवेद विज्ञानमाथि नै गम्भीर प्रश्न उब्जाइदिएको छ ।

Advertisement


चेन्नाईको स्थानीय बजारमा आर्युवेदिक उत्पादनका लागि ख्याती कमाएका उनले गत शुक्रबार सो औषधिको परीक्षण गर्ने घोषण गरेको थिए । शुक्रबार डा.राजकुमार र उनको कम्पनी प्रबन्धक के.शिवनेसनले आफैँले औषधि परीक्षण परीक्षण गर्दा उनको मृत्यु हुन पुग्यो । शिव नेसन ढलेको केही समयपछि ६७ वर्षीय डा राजनकुमार पनि बेहोस् भएका थिए । आर्युवेद कम्पनीका प्रबन्धक शिवनेसन सुजाता बायोटेकका फार्मासिस्ट ४७ बर्षीय शिवनेसनको मृत्युले कोरोनाको उपचार पद्धतिमा अर्को ठेस लागेको द हिन्दुले जनाएको छ ।