कमेडियन कपिल शर्मा टिभीका सबभन्दा धनी कलाकार
भारतीय टेलिभिजनको चर्चित कलाकार भन्ने बित्तिकै ’अनुपमा’ की रूपाली गांगुली, ’तारक मेहताका उल्टा चश्मा’ का दिलीप जोशीको नाम आउँछ । यी कलाकार हरेक एपिसोडको महँगो पारिश्रमिक लिन्छन ्। तर धनीको मामलामा भारतीय कमेडियन कपिल शर्मा अगाडि छन ्।
उनी ’द ग्रेट इन्डियन कपिल शो’ होस्ट गरेको हरेक एपिसोडको ५ करोड भारू पारिश्रमिक लिन्छन ्। भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार कपिलसँग ३०० करोड भारूको सम्पत्ति छ ।
उनीसँग मुम्बईको अंधेरीस्थित एक बंगला छ । जसको मूल्य १५ करोड बताइएको छ । जहाँ उनी आफ्नी आमा, श्रीमती गिन्नी चतरथ र दुई बच्चाहरूसँग बस्छन् । उनीसँग ५ वटा महँगा गाडी छन् ।
प्रतिकृया दिनुहोस्