February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

फिलिपिन्समा ज्वालामुखी विस्फोट

मध्य फिलिपिन्समा ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखी विस्फोटका कारण आकाशमा व्यापक खरानी उडेको थियो । सरकारले आसपासका गाउँहरू बाट सुरक्षित स्थलमा जान स्थानीयहरूलाई आदेश जारी गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ज्वालामुखीको कारण दक्षिण पश्चिम क्षेत्रमा रहेको ला कास्टेलाना शहरका चार वटा उच्च पहाडी गाउँहरूमा ‘उद्धार कार्य’ जारी छ । सबै स्थानीय सरकारी एकाइहरूलाई ज्वालामुखी बिस्फोट भएको पहाड बाट छ किलोमिटरको क्षेत्र खाली गर्न अपिल गरिएको छ ।

नेग्रोसको टापुमा समुद्र सतह बाट ४ हजार ४०० मिटर भन्दा माथि उठेको कान्लाओन पहाड ज्वालामुखीका लागि फिलिपिन्सका २४ सक्रिय स्थान मध्ये एक रहेको समाचारमा उल्लेख छ ।

Advertisement