August 14, 2022, Sunday
२९ श्रावण २०७९, आईतवार

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च, एकैदिन २९ हजार बढी कोरोना संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च, एकैदिन २९ हजार बढी कोरोना संक्रमित

भारतमा कोरोना संक्रमितको संख्यामा लगातार बृद्धि भएको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । गएको २४ घण्टाभित्र यहाँ २९ हजार १ सय ५ जना कोरोना संक्रमित भेटिएका छन् । संक्रमितको यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा धेरै हो ।

Advertisement

त्यस्तै , आइतबार १८ हजार १ सय ३९ बिरामी निको भएको भारतीय सञ्चार माध्यमले बताएको छ । पछिल्लो २४ घण्टामा पाँच सय व्यक्तिको ज्यान गएको छ ।

Advertisement

भारतमा १ जुनदेखि लकडाउनलाई खुकुलो पारिएसँगै संक्रमण बढेको हो । पछिल्लो समय महाराष्ट्र, दिल्ली, तमिलनाडु, गुजरात, बिहार, उत्तर प्रदेशलगायतका राज्यहरुमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।

 संक्रमण बढ्दै गएपछि महाराष्ट्रलगायतका राज्यहरुले कतिपय सहरमा फेरि लकडाउन गर्ने घोषणा गरिसकेका छन् । त्यसैगरी संक्रमण बढ्दै गएपछि दिल्ली सरकारले दिल्ली विश्वविद्यालयअन्तर्गतका कुनै पनि परीक्षा नलिने निर्णय गरेको छ ।