सीईओ जेफ बेजोसलाई पछि पार्दै बिल गेट्स फेरी विश्वकै धनी
२ मंसिर, २०७६, काठमाडौं । शुक्रबारको ब्लूमबर्ग बिलियिनर सूचकले देखाए अनुसार कुल सम्पत्ति ११० अर्ब डलर पुगेसँगै बिल गेट्सले विश्वकै धनीमा अमेजनका सीईओ जेफ बेजोसलाई पछि पार्दै बिल गेट्स फेरी विश्वकै धनी व्यक्ती बन्न पुगेका छन् ।
गत वर्षको समान अवधिको तुलनामा सेप्टेम्बरसम्मको त्रैमासिक अवधिमा अमेजनको नाफामा झन्डै २८ प्रतिशतले गिरावट आएपछि गेट्सले बेजोसलाई गत महिना छोटो अवधिका लागि उछिनेका थिए । तर पहिलो स्थानमा गेट्सको अवधि छोटो अवधिका लागि मात्रै टिकेको थियो । दुई वर्षको अवधिमा माईक्रोसफ्ट का सह संस्थापक शीर्ष स्थानमा उक्लिएको यो पहिलो पटक हो ।
यो वर्ष माइक्रोसप्mटको सेयर मूल्यमा झन्डै ४८ प्रतिशतले वृद्धि भएपछि गेट्सको सम्पत्तिमा पनि वृद्धि भएको हो । यसले कम्पनीमा उनको हिस्सेदारीको मूल्यमा वृद्धि गराएको थियो । अक्टोबरमा माईक्रोसफ्टले अमेजनलाई १० अर्ब डलरको क्लाउड कम्प्यूटिङमा पाखा लगाएको थियो ।
प्रतिकृया दिनुहोस्