March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

विश्वमा एकैदिन ५ लाख ६७ हजार ४३५ जनामा कोरोना संक्रमण पुष्टि, ११ हजार ७ सय ८१ जनाको मृत्यु

मंसिर १७, काठमाडौँ ।
पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ६७ हजार ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ४१ लाख ६९ हजार ९९६ पुगेको छ ।
त्यस्तै २४ घण्टाको अविधमा ११ हजार ७८१ जनाको मृत्यु भएको छ ।

Advertisement

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ लाख ८५ हजार ६७२ पुगेको छ । अहिले १ करोड ८२ लाख ५६ हजार २ सय २ जनामा सक्रिय संक्रमण छ । संक्रमित १ लाख ५ हजार ६८७ जनाको अवस्था गम्भीर छ । संक्रमित ४ करोड ४४ लाख २८ हजार १२२ जनाले कोरोनालाई जितेका छन् ।

Advertisement

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रिमत संख्या १ करोड ४१ लाख ३ हजार ९६८ पुगेको छ । एकै दिन १ लाख ७७ हजार ६५० जनामा संक्रमण देखिएको छ । अहिलेसम्म २ लाख ७६ हजार ९२६ जनाको मृत्यु भएको छ ।

त्यस्तै भारतमा संक्रमित संख्या ९४ लाख ९९ हजार ७१० पुगेको छ । भारतमा एकैदिन ३६ हजार ४५६ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ३८ हजार १५९ पुगेको छ ।