पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला
०१ पौष, २०७६, काठमाण्डौ । पाकिस्तानको एउटा विशेष अदालतले भूतपूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ । मङ्गलवार मुशर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको हो ।
मृत्युदण्डको सजाय सुनाइएका मुसर्रफ हाल दुबईमा छन् ।
उनलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको थियो । त्यसपछि मुसर्रफलाई सन् २०१४ मार्च ३१ मा दोषी ठहर गरिएको थियो ।
पाकिस्तानी सञ्चारमाध्यमले यो आदेशलाई पाकिस्तानको इतिहासमै पहिलो भनेको छ ।
प्रतिकृया दिनुहोस्