March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

तीन दिदीबहिनी एकै पटक सगरमाथा चढदै

तीन दिदीबहिनी एकै पटक सगरमाथा चढदै


काठमाडौं। एकैपरिवारका तीन दिदीबहिनीले एकै पटक सगरमाथा चढने भएका छन् । विश्व र्कितीमानको लक्ष्येसहित सगरमाथा आरोहणमा निस्किएका एकै परिवारका निमा जाङ्बुु शेर्पा, छिरिङ नाम्गे शेर्पा र दावा फुुटी शेर्पाले मे १२ मा सगरमाथा चढ्ने भएका हुन् । सामाजिक सञ्जालमार्फत उनीहरुले मे १२ मा सगरमाथा चढ्ने योजना सार्वजनिक गरेका हुन् ।


दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ निवासी एकै परिवारका तीन दिदीबहिनीहरु सगरमाथासहित सबै महादेशका अग्ला शिखरहरुको आरोहण गरी विश्वमा नयाँ रेकर्ड कायम गर्ने उद्देश्य साथ सगरमाथा चढन पुगेका हुन् । उनीहरुको साथमा अन्य ६ जना विदेशी आरोही समेत रहेका छन् ।

हाल क्याम २ मा रहेका उनीहरुले मे ९ मा क्याम २, मे १० मा क्याम ३, मे ११ मा क्याम ३ र मे १२ मा सगरमाथा चढ्ने भएका हुन् । उनीहरुले लोबुचे हिमाल आरोहण गरेर सगरमाथा आरोहण गर्न लागेका हुन् ।

Advertisement