January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

अमेरिकामा बेरोजगार भत्ता दाबी गर्नेको संख्या चार लाख ७३ हजार

अमेरिकामा बेरोजगार भत्ता दाबी गर्नेको संख्या चार लाख ७३ हजार

वासिङ्टन। अमेरिकामा रोजगारी गुमाएकाहरुको संख्या निरन्तर ओरालो लागेको छ। कोरोना संक्रमणका कारण गत वर्षको शुरुमा ठूलो सङ्कट व्यहोरेको अमेरिकी श्रम बजारमा व्यापक सुधार आएको श्रम विभागले बिहीबार जनाएको छ। श्रम तथ्यांक ब्युरोले बिहीबार सार्वजनिक गरेको साप्ताहिक प्रतिवेदनमा बेरोजगारी भत्ताका लागि आवेदन गर्नेहरुको संख्यामा ३४ हजारले कमी आएको उल्लेख छ। रासस

Advertisement