January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

नेपालको विश्वका १७० देशसँग कूटनीतिक सम्बन्ध

नेपालको विश्वका १७० देशसँग कूटनीतिक सम्बन्ध

जेठ ११, काठमाडौं ।
नेपालले विश्वका १७० देशसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । हिजो अफ्रिकी राष्ट्र गाम्बीयासँग सम्बन्ध जोडेपछि नेपालको कूटनीतिक सम्बन्ध स्थापना गरेको राष्ट्रको संख्या १७० पुगेको हो ।

संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि अमृत राई र गाम्बियाका स्थायी प्रतिनिधि लाङ याबुबीच सम्झौतापछि संयुक्त बक्तव्य सार्वजनिक भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । नेपालले पहिलो पटक सन् १८१६ मा बेलायतसँग कूटनीतिक सम्बन्ध जोडेको थियो ।

गाम्बियासग हुनुअघि सन २०२१ को अप्रिल ३० मा नेपाल र कमनवेल्थ अफ डोमिनिकाबीच कूटनीतिक सम्बन्ध सुरुआत भएको थियो । त्यसपछि नेपालले सन् १९४७ अप्रिल २५ मा अमेरिकासँग औपचारिक रुपमा कूटनीतिक सम्बन्ध गाँसेको थियो । पछिल्लो चार वर्षमा नेपालले २६ राष्ट्रसँग कूटनीति सम्बन्ध स्थापना गरेको छ ।

Advertisement