साउदी पत्रकार खाशोज्जी हत्यामा संलग्न पाँच जनालाई मुत्युदण्डकोे फैसला
पुस ७, काठमाडौं ।
टर्कीको राजधानी इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूताबासमा हत्या भएका साउदी सरकारका आलोचक पत्रकार जमाल खाशोज्जी हत्यामा संलग्न भएको ठहर गर्दै साउदी अदातलले पाँच जनालाई मुत्युदण्डको सजाय सुनाएको छ । तीन जनालाई सबै जोडेर २४ वर्षको जेल सजाय सुनाइएको छ । शुरुमा दूताबासमा २ अक्टोबर २०१८ मा हत्या भएका खाशोज्जीको हत्या भएको नै स्वीकार गरेको थिएन । तर अन्र्तराष्ट्रिय दबावसँगै खाशोज्जीको हत्या भएको स्वीकार गरेको साउदी अरबले क्राउन प्रिन्स मोहम्मद बिन सलमानको संलग्नता भने अस्वीकार ग¥यो । सेप्टेम्बरमा सलमानले सार्वजनिक रुपमा खोशोज्जीको हत्या गरेको जिम्मेवारी लिएका थिए । यसअघि अमेरिकी खुफिया एजेन्सी सीआईए र पश्चिमा देशका सरकारले साउदीका क्राउन प्रिन्सले खाशोज्जीको हत्याको आदेश दिएको दाबी गरेका थिए । यो घटनामा टर्कीले १८ संदिग्धलाई बुझाउन माग गरेको थियो, जसमा १५ एजेन्ट थिए र उनीहरु हत्याको योजना सफल बनाउन इस्तानबुल पुगेको टर्कीको दाबी थियो । तर साउदीले टर्कीको माग अस्वीकार गर्दे आएको छ ।
प्रतिकृया दिनुहोस्