April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

विश्वमा पछिल्लो २४ घण्टामा २ लाख ८९ हजारमा कोरोना पुष्टि, ३ लाख २१ हजार बढि डिस्चार्ज

असार ७, काठमाडौं ।

Advertisement

विश्वमा पछिल्लो २४ घण्टामा थप २ लाख ८९ हजार ८६१ जना कोरोनाका संक्रमित थपिएका छन् । यो सँगै कोरोना संक्रमित हुने कुल संख्या १७ करोड ९२ लाख ५५ हजार ११६ पुगेको छ । साथै पछिल्लो २४ घण्टामा ३ लाख २१ हजार २ सय ९९ जना निको भएर घर फर्केका छन् । यो सँगै विश्वमा कोरोना जित्नेको संख्या १६ करोड ३८ लाख १८ हजार ५६५ पुगेको छ ।

Advertisement

त्यस्तै अहिले सम्म विश्वमा कोरोनाको सङ्क्रमणबाट ३८ लाख ८२ हजार ८० जनाको मृत्यु भएको छ । भारतमा आएको दोश्रो लहरको महामारीले धेरै प्रभावित बनेको थियो । पहिलो लहरका बेला अमेरिका र ब्राजिल प्रभावित भएको थियो ।

अहिले भारतको पनि संक्रमित थपिने सङ्ख्यामा कमी आएको देखिन्छ । पछिल्लो २४ घण्टामा भारतमा ५३ हजार ९ जना कोरोनाका संक्रमित थपिएका छन् । ३९ करोड १० लाख १९ हजार ८३ नमुना परीक्षण गरिएकोमा भारतमा २ करोड ९९ लाख ३४ हजार ३ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोनाबाट भारतमा हालसम्म ३ लाख ८८ हजार १ सय ६४ जनाले ज्यान गुमाएका छन् भने गत २४ घण्टामा १ हजार बढीको मृत्यु भएको छ। हालसम्म विश्वमा ३८ लाख ८१ हजार ५ सय ३८ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

गत २४ घण्टामा अमेरिकामा ४ हजार ४ सय ४२ जना कोरोनाका संक्रमित थपिएका छन् भने ८६ जनाले ज्यान गुमाएका छन् । हालसम्म अमेरिकामा ५० लाख ७७ हजार ५ सय २० जना सक्रिय संक्रमित रहेका छन् । सबै भन्दा बढी अमेरिकामा ६ लाख बढीले ज्यान गुमाए भने ३ करोड ४४ लाख ६ हजार १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ब्राजिलमा गत २४ घण्टामा ४४ हजार १ सय ७८ जना कोरोनाका संक्रमित थपिएका छन् । १ हजार बढीको कोरोनाबाट मृत्यु भएको छ भने ३६ हजार बढी निको भएर घर फर्केका छन् । ब्राजिलमा हालसम्म १ करोड ७९ लाख २७ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ लाख १ हजार ९ सय १८ जनाले ज्यान गुमाउनु परेको छ ।