अस्ट्रेलियामा ओपेरा हाउस सुरक्षाले रोक्यो मन्त्री भट्टराई सामेल ¥याली
पुस २२, काठमाडौं ।
करिब महिना दिनदेखि आगोको मार खेपिरहेको अस्ट्रेलियाले मानवीय, भौतिक संरचना, पर्यावरणका साथै अत्यधिक मात्रामा जीवजन्तुको क्षति व्यहोरिरहेको छ । अस्ट्रेलियामा हरेक वर्ष आगलागीको समस्या भोग्नुपरे पनि यति ठूलो मात्रामा क्षति भएको इतिहासमै पहिलोपटक हो । आगोका कारण देशैभरी करीब २४ जनाको ज्यान गइसकेको छ । झण्डै २० हजारभन्दा बढी घरहरू जलेर नष्ट भएका छन् । करोडौंको संख्यामा जीवजन्तु आगोको लप्काले जलिरहेका, जलेर मरेका, घाइते भएका र बाँच्नका लागि भागिरहेका कारुणिक तस्वीर र श्रव्यदृश्य सामग्रीहरू प्रकाशन तथा प्रसारण गरिरहेका छन् । यसरी आगोको बिनाशले विश्वको ध्यान खिचिएको समय नेपालका भ्रमण वर्ष २०२० को नाममा असंवेदनशील भई प्रचारप्रसार गर्न पुग्दा त्यहाँको सरकारले रोकेको छ । भट्टराई नेतृत्व गरेर निकालिएको ¥यालीलाई मंगलबार ओपेरा हाउसको सुरक्षाले रोकेको हो ।
भ्रम्रण बर्षको रिवन काटेर उदघाटन भएपछिर्को यालीमा भट्टराईसंगै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, कन्सुलरहरु दीपक खड्का र चन्द्र योन्जनसहितको टोली रहेको थियो । ओपेरा हाउससम्म जाने पूर्व निर्धा्रित कार्यक्रम भएपनि त्यहाँको सिड्नी काउन्सिलले स्वीकृति दिएको थिएन । अनि जवरजस्ती जान खोजिएपछि प्रहरीले रोकेको हो । यो कार्यक्रम प्रचारप्रसार र व्यवसायिक लाभका लागि भएको लगायतका कारण देखाउँदै सुरक्षाकर्मीले ओपेरा हाउससम्म जान रोकेको ¥यालीमा सहभागी विकेश अधिकारीले बताएका छन् । मन्त्री अधिकारी समेल ¥यालीलाई अवरोध गरेपछि मन्त्री भट्टराईको चर्को विरोध भएको छ ।
मन्त्रीको भिजिट नेपाल को प्रचार गर्ने नौलो तरिका अपनाउनु भएछ भन्दै सामाजिक संजालमा चर्को विरोध भएको छ । सामाजिक संजालमा त २०१५ भुकम्प लगत्तै नेपालमा “भिजिट अष्ट्रेलिया“ भन्दै उताको मन्त्री आएर प्रचारप्रसार गरेको भए के हुन्थ्यो ? भन्दै सामाजिक संजालमा सर्वसाधारणले आक्रोश पोख्न थालेका छन् ।
प्रतिकृया दिनुहोस्