शाही उपाधी त्यगेपनि बेलायती राजकुमार ह्यारी र मेघनले वीसलाख पाउण्ड तिर्नुपर्ने
माघ ५ , काठमाडौँ ।
बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेघनले शाही उपाधि परित्याग गरेको औपचारिक निर्णय भएको छ । निर्णयसँगै विवाहपछिको लागि भनेर तयारी गरिएको पर्पोर बंगलाको पूर्नरनिमार्ण खर्च वीसलाख पाउण्ड पनि यो जोडीले क्षतिपूर्ती स्वरुप तिर्नुपर्ने भएको छ ।
बेलायती राजदरबार बकिङघम प्यालेसको बैठकले उनिहरुको आग्रहअनुसार शाही उपाधि परित्याग गर्ने घोषणालाई औपचारिकता दिएको हो । ह्यारी दम्पत्तिले केही दिन अगाडी शाही उपाधि त्यागेर छुट्टै सार्वजनिक जीवन विताउने र सामाजिक सेवाको काम गर्ने घोषणा गरेका थिए । शाही दरबारमा शनिबार बसेको बैठकले चरण चरणका छलफल र प्रयासहरुलाई आधार मानेर उनिहरुको घोषणालाई स्विकृति दिने निर्णय गरेको हो । शाही दरबारको यो निर्णयसँगै बसन्त ऋतुदेखि उनिहरुले शाही उपाधि अन्त्य हुने छ ।
बेलायती महारानी एलिजावेथ द्धितियाका नाती ह्यारी र अमेरिकी टेलिभिजन कार्यक्रम प्रस्तोता मेगनको शाही परिवारबाट बहिर्गमनको विषयलाई ह्यारीकी आमा स्वर्गीय डायनाको शाही परिवार परित्यागको विषयसँग जोडेर हेरिएको छ ।
‘महिनौदेखिको कुराकानी, पछिल्ला धेरै छलफलहरुपछि रचनात्मक र सहयोगात्मक कामहरु गर्ने मेरो नाती र परिवारको निर्णयबाट म प्रशन्न छु,’ ९३ बर्षिय महारानीले वक्तव्यमा लेखेकी छन् ।
उनले भनेकी छन, ‘ह्यारी, मेगन र उनीहरुका छोरा आर्ची सधैँ हाम्रो परिवारका प्रिय सदस्य रहनेछन, पछिल्ला दुई वर्षमा कडा निगरानीका कारण उनीहरूले चुनौतीको सामना गर्नुर्पयो । म उनीहरूको थप स्वतन्त्र जीवन जिउने चाहनाको समर्थन गर्छु ।’
दरबारका अनुसार उनिहरूको शाही उपाधि हटेपछि उनिहरूले पाउने सैन्य पद पनि हट्ने, नागरिकको करबाट आउने रकम नपाउनेलगायतका घोषणा गरेको पनि वक्तव्यमा उल्लेख गरिएको छ । ह्यारी दम्पतिले राजपरिवारको भूमिका परित्याग गरेपछि बेलायत र उत्तर अमेरिकामा आफ्नो समय बिताउने बताएका छन् । केही समयको प्रेम सम्वन्धपछि उनिहरुले २०१८ मा विवाह गरेका हुन् ।राजकुमार चार्सका कान्छा छोरा ह्यारी अहिले ३५ बर्षको भएका छन् भने उनकी श्रीमती मेघन ३८ बर्षको भएकी छ । राजकुमार ह्यारी बेलायती राजपरिवारको छैठौँ उत्तराधिकारी हुन् । एजेन्सीको सहयोगमा
।
प्रतिकृया दिनुहोस्