सिलिन्डर बिस्फोटः १२ जनाको मृत्यु , २ जना घाइते
- वाणिज्य न्युज
- १५ माघ २०७६
१५ माघ, २०७६, काठमाण्डौ ।
पाकिस्तानको उत्तरपूर्वी भागमा रहेको लाहोरको शहरमा शाहदरा क्षेत्रमा रहेको परफ्युम काखानामा मंगलवार ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।
स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार विस्फोटको समय कारखानामा १५ जना कामदार रहेका थिए । कारखानामा ग्यास विस्फोटपछि घरको छानासमेत खसेको कारण मृतकको संख्या धेरै भएको प्रत्यक्षदर्र्शीहरूले बताएका छन् । एजेन्सी ।
प्रतिकृया दिनुहोस्