May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

विश्वकप फुटवल खेल्न २६ देश छनोट (नामावलीसहित)

विश्वकप फुटवल खेल्न २६ देश छनोट (नामावलीसहित)

विश्वकप फुटबल २०२२ को छनोट खेल अन्तिम अवस्थामा पुगेको हो । ३२ टोलीमध्ये २६ टोली विश्वकपमा छनोट भएका छन् । अब यूरोपमा एक, अन्तर महादेशीय प्ले अफतर्फ एशिया प्यासिफिकको प्रतिष्पर्धा, दक्षिण अमरिकाबाट प्ले अफ खेल्ने टोलीको टुंगो लाग्दैछ । उत्तर अमेरिकाबाट २ टोली टुंगो लाग्न बाँकी छ ।

Advertisement

अफ्रिकी महादेशबाट ५ टोलीको टुंगो गएराति लागिसकेको छ । उत्तर अमेरिकाबाट क्यानडा छनोट भइसकेको छ । अमेरिका र मेक्सिको छनोट हुने निश्चितप्रायः छ । पानामा र कोस्टारिकामध्ये एकले प्ले अफ खेल्नेछन् ।

Advertisement

एशियाबाट उत्तर कोरिया, इरान, जापान र साउदी अरेबिया छनोट भएका छन् । एशिया प्यासिफिकबाट अष्टेलिया र युएइएले प्ले अफ खेल्नेछन् । विजेता टोलीले दक्षिण अमेरिकाको छनोटमा पाचौं भएको पेरुसँग प्ले अफ म्याच खेलेपछि छनोट हुने टोलीको टुंगो लाग्नेछ ।

एशिया
कतार, इरान, दक्षिण कोरिया, जापान र साउदी अरेबिया । अष्ट्रेलिया र यूएईले प्ले अफ खेल्ने । विजेताले दक्षिण अमेरिकाबाट पाचौं हुने टोलीसँग प्ले अफबाट टुंगो लाग्ने
यूरोप
जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएशिया, स्पेन, सर्विया, इंग्ल्यान्ड, स्वीटजरल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल, पोल्यान्ड । बाँकी १ टोली प्ले अफबाट टुंगो लाग्न बाँकी
दक्षिण अमेरिका
ब्राजिल, अर्जेन्टिना, इक्वेडर र उरुग्वे । छपेरुले प्ले अफ खेलेपछि टुंगो लाग्ने
उत्तर अमेरिका
क्यानडा छनोट भएको छ । अमेरिका र मेक्सिको पनि छनोट हुने निश्चितप्रायः छ । बाँकी एक टोलीले प्ले अफ म्याच खेल्नेछन् ।
अफ्रिका
क्यामरुन, घाना, सेनेगल, ट्युनिसिया र मोरक्को