January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार

कुवेतको हाउजिङ कम्पनीमा काम गर्ने चार नेपालीको मृत्यु, तीन बेपत्ता, तीन घाइते

कुवेतको हाउजिङ कम्पनीमा काम गर्ने चार नेपालीको मृत्यु, तीन बेपत्ता, तीन घाइते

फागुन ०१, काठमाडौं ।

कुवेतको अल मुतलाको हाउजिङ निर्माणस्थलमा बम पड्काएर ढुंगा फुटाउने क्रममा चार नेपालीको मृत्यु भएको छ । ३ जना हराइरहेका छन् भने ३ जना गम्भीर घाइते भएको अरबटाइम्सले जनाएको छ । वेपत्ता भएकाहरुको खोजी र उद्धार कार्य चलिरहेको छ । मजदुरहरु खाडलमा पसेर काम गरिरहेका बेला ढुंगा फुटाउन बम पड्काउँदा ठूलठूला ढुंगासहितको पहिरो आएर उनीहरुलाई पुरेको थियो । खाडलमा १३ नेपाली र एक भारतीय मजदुर रहेको बताइएपनि यकिन संख्या बाहिर आएको छैन । कुवेतको ढुङ्गाखानीमा एक दर्जन नेपाली श्रमिक हताहत भएको आशंका, ६ जनाको शव निकालियो निर्माणस्थलमा कार्यरत अन्य श्रमिकहरुले दुर्घटनास्थलको तस्वीर सामाजिक सञ्जालमा राखेपछि घटना बाहिर आएको हो ।
त्यहाँ कार्यरत मजदुरहरुको विस्तृत विवरण पनि सार्वजनिक गरिएको छैन । दुर्घटनालगत्तै आयोजनास्थल पुगेकी कुवेतकी आवास तथा निर्माण मन्त्री डाक्टर राना अल फारिसले दुर्घटनाको कारणबारे तत्काल छानवीन गर्न भन्दै ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएकी छन् ।

Advertisement