केजरीवाल बने तेस्रो पटक दिल्लीका मुख्यमन्त्री
०४ फागुन, काठमाण्डौ ।
आम आदमी पार्टीका नेता अरबिन्द केजरीवालले आइतवार तेस्रो पटक दिल्लीमा मुख्यमन्त्रीको शपथ लिएका छन् । उनीसंगै मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुसैन र राजेन्द्र पाल गौतमले मन्त्रि पदको शपथ लिएका छन् ।
दिल्लीको रामलीला मैदानमा आयोजित कार्यक्रममा उपराज्यपाल अनिल बैजलले केजरीवाललाई पद तथा गोपनियताको शपथ दिलाएका हुन् ।
कांग्रेसको शीला दीक्षितपछि तेस्रो पटक मुख्यमन्त्री बन्ने केजरीवाल दोस्रो नेता हुन् ।
सपथपछि केजरीवालले भने ‘आज तपाईहरुको छोराले तेस्रो पटक मुख्यमन्त्रीको सपथ लिएको छ । यो मेरो मात्रै हैन तपाईहरु सबैको जीत हो ।’
केजरीवालको शपथ ग्रहणमा कुनै पनि राज्यका मुख्यमन्त्रीलाई निम्ता पठाइएको थिएन ।
प्रतिकृया दिनुहोस्