January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

कोरोना भाइरसका कारण अस्पताल प्रमुखकै मृत्यु

कोरोना भाइरसका कारण अस्पताल प्रमुखकै मृत्यु

०७ फागुन, काठमाडौं ।
कोरोना भाइरसका कारण वुहानमा एक अस्पतालका प्रमुखकै मृत्यु भएको छ ।
चिनियाँ सञ्चारमाध्यमले जनाएअनुसार वुहानको वुहान वुचाङ अस्पतालका निर्देशक लिउ झिमिङको मंगलबार बिहान साढे १० बजे मृत्यु भएको हो ।
केही चिनियाँ सञ्चारमाध्यमले सोमबार नै निर्देशक झिमिङको मृत्यु भएको समाचार प्रकाशित गरेतापनि निर्देशक झिमिङ अस्पतालमा उपचाररत भएको बताएपछि ती समाचार सच्याइएको थियो।
पछिल्लो समय कोरोना भाइरसको संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीकै मृत्यु भएको समाचार सार्वजनिक भइरहेको छ।एजेन्सी

Advertisement