April 30, 2025, Wednesday
[nepali_today_date]

जर्मनीको दुईवटा बारमा गोली चल्दा नौ जनाको मृत्यु

फाल्गुन ८, काठमाडौँ ।
जर्मनको हनाउस्थित ‘मिडनाइड’ र ’एरेना’ नाम गरेका दुईवटा शिशा बारमा गोली प्रहार भएको छ । फ्रान्कफर्टबाट करिब २० किलोमिटरको दूरीको हनाउ शहरका उक्त बारमा गोली प्रहार हुदा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।
उक्त गोली प्रहारको खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा पुग्नुका साथै आकाशबाट हेलिकप्टर मार्फत शंकास्पद व्यक्तिको खोजी गरिएको थियो । उक्त गोलीकाण्डका मुख्य व्यक्तिलाई बिहीबार बिहान प्रहरीले उनकै घरमा मृत अवस्थामा फेला पारेको छ
पहिलो बारमा मारिएका अधिकांश व्यक्ति कुर्दिस समुदायका रहेको स्थानीय अखबार बिल्डले जनाएको छ ।
गत सोमबार मात्र प्रहरीले जर्मनीको अति दक्षिणपन्थी समूहका १२ जना सदस्यलाई पक्राउ गरेको थियो । उनीहरुले गत वर्ष न्यूजील्यान्डमा भएझै मुस्लिम समुदायको मस्जिदमा ठूलै आक्रमण गर्ने योजना बनाइरहेको प्रहरीको भनाई छ ।एजेन्सी

Advertisement