श्रीलंकाले अमेरिकन प्रेजेक्ट एमसिसिबाट झिक्यो हात, नेपालले किन नझिक्ने ?
फागुन १६, काठमाडौं ।
नेपालमा लामो समयदेखि मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) पास गर्नुपर्ने बहस चलिरहेको समय छिमेकी राष्ट्र श्रंलकामा भने यो अस्किृत भएको हो । श्रीलंका सरकारले एमसिसी सम्झौतामा हस्ताक्षर नगर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता केहेलिया रम्बुक्वेल्ला अनुसार बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ’सम्झौतामा हस्ताक्षर नगर्ने’ निर्णय गरेको जनकारी दिएका छन् ।
नेपाालमा जस्तै श्रीलंकामा पनि उक्त विषय लामो समयदेखि बहसमा रहँदै आएको थियो । एमसिसी सम्झौतामा हस्ताक्षर गरेको खण्डमा श्रीलंकाले ४८० मिलियन अमेरिकी डलर (झण्डै ५४ अर्ब रुपैयाँ) सहायता प्राप्त गर्ने थियो । भूमिसुधार तथा यातायात व्यवस्थाको आधुनिकीकरणमा उक्त रकम खर्च गर्ने गरी अमेरिकी सहायता आउने भएपनि विवाद चर्केपछि सरकार पछि हटेको हो । प्रस्ताव गरिएकै अवस्थामा सम्झौतामा हस्ताक्षर नगर्ने निर्णय भएको छ ।
समितिले त्यस्ता विवादित प्रावधानहरू संसोधन गरी जनताको रायसमेत बुझेर संसदको अनुमतिमा मात्रै उक्त सम्झौता गर्न सुझाव दिएको हो । समितिको रिपोर्ट प्रधानमन्त्री राजापाक्षेले बिहीबारको मन्त्रिपरिषमा पेश गरेका थिए । त्यसैका आधारमा सरकारले एमसिसीबाट हात झिक्ने निर्णय गरेको हो ।
छिमेकी राष्ट्र श्रीलंककाले एकसिसिबाट हात झिकेपछि नेपालका सत्ता संचालकलाई समेत लागु गर्ने दवाव बढेर गएको छ । समाचार एजेन्सीको रिपोटमा आधारित
प्रतिकृया दिनुहोस्