January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

वैदेशिक रोजगारको लागि मलेसिया जोखिमपूर्ण बन्दै

वैदेशिक रोजगारको लागि मलेसिया जोखिमपूर्ण बन्दै

फागुन १७, काठमाडौ ।
वैदेशिक रोजगारको लागि नेपाली युवाको रोजाइको क्षेत्र रहकेो छ मलेसिया, तर बिडम्बना ने मान्नुपर्छ विदेशी श्रमिकको मृत्यु, अंगभंग र अन्य सुरक्षाका हिसाबले सबैभन्दा जोखिमपूर्ण देश पनि मलेसिया नै रहेको छ । विगत १० वर्षमा विभिन्न खाडी मुलुक जस्तैः कतार, यूएई, मलेसिया र साउदी अरब गएका नेपाली श्रमिकको मृत्यु संख्यालाई हेर्ने हो भने मलेसिया नेपाली युवाको सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण रहेको पाइएको छ ।
वैदेशिक रोजगार विभागले २०२० को शुरुमा सार्वजानिक गरेकोगन्तव्य देशका रोजगारदाताको कालो सूचिमा सबै भन्दा धेरै मलेसियाका रोजगारदाता रहेका छन्। विगत १० वर्षमा मलेसिया गएका ५०७ नेपाली अंगभंग, बिरामी र अशक्त भएकोमा दोस्रोमा साउदी अरब २७७ जना रहेको दखिन्छ ।
नेपाली श्रमिकहरूको उच्च रोजाइको गन्तव्य मूलतः कतार र मलेशिया रहेको देखिन्छ । सरकारी तथ्याङ्कबाहेक निजी तवरबाट रोजगारीका लागि विदेशिने नेपालीहरूको सङ्ख्या पनि उच्च नै रहेको तथ्य नकार्न सकिने अवस्था छैन ।

हालसम्म रोजगारीका लागि मलेसिया गएका नेपालीमध्ये झण्डै २ हजार ५ सयले विभिन्न कारणले ज्यान गुमाउनुपर्ने अवस्थामा पुगेका छन् । यसैगरी दोस्रोमा साउदी अरब १ हजार ९ सय, तेस्रोमा कतार १ हजार ३ सय रहेको देखिन्छ । यसैगरी, वैदेशिक रोजगारीको क्रममा अंगभंग तथा अशक्त, बिरामी भइ फर्कने नेपाली संख्या पनि अन्य देश भन्दा मलेसियामा लगभग दोब्बर भन्दा बढी रहेको छ । विगत १० वर्षमा मलेसिया गएका ५०७ नेपाली अंगभंग, बिरामी र अशक्त भएकोमा दोस्रोमा साउदी अरब २७७ जना रहेको दखिन्छ । नेपालका लागि वैदेशिक रोजगारीका प्रमुख ४ श्रम गन्तव्य जाने नेपालीको संख्या मलेसियामा अन्य २ देश कतार र यूएई भन्दा कम भएपनि मृत्यु, अंगभंग र बिरामी भइ फर्कनेको संख्या धेरै रहेको छ । बिगत ३ वर्षमा सबै भन्दा धेरै कामदार कतार गएपनि त्यहाँको मृत्युदर मलेसियाभन्दा कम रहेको छ । सो अवधिमा कतार ३ लाख ८५ हजार ७११, यूएई २ लाख ५८ हजार ८९, मलेसिया २ लाख ४१ हजार ७३३ र साउदी अरब २ लाख ३२ हजार ८१९ रहेका छन् । तर मृत्यु, अंगभंग र बिरामी हुने नेपालीको संख्या मलेसियामा धेरै रहेको छ ।
वैदेशिक रोजगार विभागले २०२० को शुरुमा सार्वजानिक गरेको गन्तव्य देशका रोजगारदाताको कालो सूचिमा सबै भन्दा धेरै मलेसियाका रोजगारदाता रहेका छन् । विभागले साउदी अरब, कतार, यूएई र मलेसियाका ६५ रोजगारदातालाई कालो सूचीमा राखेर नाम सार्वजानिक गरेकोमा मलेसियाका मात्र ५३ रोजगारदाता रहेका छन् ।
सम्झौता अनुसार श्रमिकलाई सेवा सुविधा नदिएका कारण अन्य प्रमुख श्रम गन्तव्य मध्ये सबै भन्दा बढी मलेसियाका रोजगारदाता रहेका छन । नेपाली श्रमिक माग गर्ने मुख्य श्रम गन्तव्य कतार, साउदी अरब र यूएईमध्ये सबैभन्दा बढी मलेसियाले नेपाली कामदारसँग गरिएको सम्झौता उल्घंन गरी नेपाल सरकारले कालोसूचीमा राखेको पाइएको छ । अन्य ३ श्रम गन्तव्य मध्ये ७९ प्रतिशत भन्दा बढी कालो सूचीमा मलेसियाका रोजगारदाता रहेका छन । बाकी २१ प्रतिशत रोजगारदाता कतार, साउदी अरब र युएईका रहेका छन ।
वैदेशिक रोजगार विभागले सन २०१९ जनवरीसम्म अद्यावधिक गरेको तथ्यांकमा पनि मलेसिया, कतार, साउदी अरब र यूएईका ६७ रोजगारदातालाई कालोसूचीमा राखेको जनाएको थियो ।

Advertisement