January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

कोरोना भाइरसका कारण अष्ट्रेलिया र अमेरिकामा एक एकको मृत्यु, संसारमा मृत्यु हुनेको संख्या २ हजार ९७९ पुग्यो

फागुन १८, काठमाण्डौ ।
विश्वव्यापी समस्याको रुपमा रहेको कोरोनाभाइरसका कारण पहिलो पटक अष्ट्रेलिया तथा अमेरिकामा गरि एक एक जनाको मृत्यु भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पश्चिमी अस्ट्रेलियाका ७८ वर्षीयको आइतबार मृत्यु भएको हो । उनको नाम भने गोप्य राखिएको छ । उनकी श्रीमतीले पनि अस्पतालमा कोरोना भाइरसको उपचार गराइरहेकीमा उनको अवस्थासन्तोषजनक रहेको बताइएको छ ।
त्यस्तै, अमेरिकी अधिकारीहरूले कोरोनाभाइरसका कारण एक ५० वर्षिय पुरुषको वासिङ्टनस्थित उत्तर(पश्चिम राज्यमा उपचारका क्रममा मृत्यु भएको बताएका छन्।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ९७९ पुगेको छ ।
हालसम्म संसारका ५७ देशमा कोरोनाभाइरसबाट ८५ हजार मानिसहरू संक्रमित भएका छन् भने यसबाट करिब ३ हजार जनाले आफ्नो ज्यान गुमाइसकेका छन्। यसमा अधिकांश मृतक र संक्रमित चीनबाट रहेका छन्। एजेन्सी ।

Advertisement