January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार

कोभिड १९ को उच्च जोखिमबाट आएको भन्दै बहराइन हिँडेका नेपाली फिर्ता

कोभिड १९ को उच्च जोखिमबाट आएको भन्दै बहराइन हिँडेका  नेपाली फिर्ता

२० फागुन, काठमाण्डौ ।
(कोभिड–१९) अर्थात् कोरोना भाइरसको उच्च जोखिममा नेपाल रहेको भन्दै संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले यूएई पुगेका ३० जना नेपालीलाई फिर्ता पठाएको छ। यूएई हुदै उनिहरु बहराइन जान हिडेका थिए ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिम क्षेत्रमा राखेको छ ।
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले भिडभाडमा नजान, बाहिर निस्कँदा मास्क लगाउन र भोजभतेरलगायतका काम नगर्न तथा अत्यावश्यक कामबाहेक विदेश नजान सरकारले अनुरोध गरेको छ । आफन्तजनको स्वागत तथा विदाइमा आउनेहरुलाई पनि अत्यावश्यक भएको अवस्थामा बाहेक नआउन भनेको छ।
जनस्वास्थ्यविज्ञहरूले कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि समाजिक क्रियाकलापबाट आफूलाई अलग राख्न र घरमा पनि एक्लै बस्न सुझाव दिँदै आएका छन्।

यसैबिच काठमाण्डूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा कोरोनाभाइरसको सङ्क्रमणसँग मिल्दाजुल्दा लक्षणसहित केही बिरामीहरु भर्ना गरिएको छ ।
चीन र दक्षिण कोरियाबाट फर्किएका उनीहरू ज्वरो र रुघाखोकीजस्ता लक्षण देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएका हुन् ।
नेपालमा झन्डै सात हप्ताअघि एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो। तर त्यसपछि अरू कसैमा पनि सङ्क्रमण देखिएको छैन।
अहिलेसम्म टेकुमा रहेको सरुवा रोग अस्पतालमा मात्रै कोभिड(१९ भएको परीक्षण गर्ने प्रयोगशाला छ।
गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको भाइरसको सङ्क्रमण हाल ६५ भन्दा बढी देशमा फैलिइसकेको छ।
चीनबाहेक विश्वका अन्य १० देशका नागरिकको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ ।

Advertisement