कोरोना भाइरसको आशंकामा तीन नेपाली फ्रान्सको अस्पतालमा भर्ना
- वाणिज्य न्युज
- २० फाल्गुन २०७६
२० फागुन ।
कोरोना भाइरसबाट संक्रमित भएको आशंकामा तीन नेपाली फ्रान्सको अस्पतालमा भर्ना भएका छन् । उनीहरुलाई फ्रान्सेली प्रहरीले नियन्त्रणमा लिएर पार्पिन्यो अस्पतालमा भर्ना गरको बताइएको छ । उनिहरु इटालीबाट स्पेन हुँदै फ्रान्स पुगेका थिए ।
आर्तुसका प्रहरीले अस्पतालसम्म निजी एम्बुलेन्समार्फत पुर्याएको थियो ।
आप्रवासी भएकाले गोपनीयताको कारण भन्दै अस्पतालका अधिकारीले पनि उनीहरूको नाम ठेगाना खुलाउन मानेका छैनन् ।
फ्रान्सका १२ प्रान्तमा हालसम्म एक सय ३० जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ भने तीन जनाको मृत्यु भइसकेको छ ।एजेन्सी
प्रतिकृया दिनुहोस्