January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार

कतारले दियो नेपालीलाई प्रहरी सेवामा काम गर्ने अवसर,कतार प्रहरीमा १७९ नेपाली भर्ती

२३ फागुन, काठमाडौँ ।
कतारले १ सय ७९ जना नेपालीलाई प्रहरी सेवामा भर्ती गरेको छ । पहिलो पटक कतारले नेपालीलाई प्रहरी सेवामा अवसर दिइएको हो । चार महिने प्रहरी तालिम सकेपछि उनीहरु सेवामा भर्ती भएका हुन् ।
कतारमा झन्डै चार लाख नेपाली कामदार छन् । नेपालीको संख्या बढ्दै गएकोले प्रहरी सेवामा पनि नेपालीलाई नै अवसर दिइएको हो ।

यसअघि कतारले पाकिस्तान नागरिकलाई मात्रै प्रहरी सेवामा लैजाने गरेको थियो । कतारले पहिलो पटक प्रहरी सेवामा नियुक्त गरेको नेपालीहरु अब तत्काल कार्यस्थलमा खटिनेछन् ।
प्रहरी सेवामा नेपाली रहेकाले नेपाल र कतारबीचको सम्बन्ध थप सुमधुर हुनुका साथै कतारमा रहेका नेपाली कामदारलाई सुरक्षा सेवा दिन थप प्रभावकारी हुने कतारले विश्वास लिएको छ ।

Advertisement