चीनपछि कोरोनाको प्रभाव इटालीमाः राख्यो आफ्ना १ करोड ६० लाख जनतालाई क्यारेन्टाइनमा
फागुन २६, काठमाण्डौ ।
चीनको वुहानबाट सुरु भएको कोरोना सङ्क्रमण पछिल्लो समयमा चीनमा नियन्त्रण हुँदै गएको भए पनि अरु देशमा फैलने क्रम तीव्र बनेको छ । १ सय ४ देशमा फैलिएको कोरोनाबाट झण्डै १ लाख १० हजार मानिस सङ्क्रमित भएका छन् । चीनपछि कोरोनाको सबैभन्दा बढी प्रभाव इटालीमा देखिएको छ ।
शानिवार मात्र झण्डै १ करोड ६० लाख आफ्ना जनतालाई क्यारेन्टाइनमा राखेको इटाली चीनपछि सबैभन्दा बढी कोरोना प्रभावितको सुचीमा परेको हो । इटालीमा गएको २४ घण्टामा थप १ सय ३३ जनाको ज्यान घुमाएका छन् । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या इटालीमा ३ सय ६६ पुगेको छ । सङ्क्रमितको संख्या ७ हजार ३७५ पुगेको इटालीको स्वास्थ्य विभागले जनाएको विविसीले लेखेको छ ।
कोरोना भाइरसबाट सङ्क्रमण हुने र ज्यान जानेको संख्या बढेपछि इटालीमा थप सतर्कता अपनाइएको छ । कोरोनाको सङ्क्रमण उच्च दरमा फैलन थालेपछि इटाली सरकारले आफ्नै मुलुक लोम्बार्डीसहित विभिन्न १४ प्रान्तमा यात्रा गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।
प्रतिकृया दिनुहोस्