January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

कतारद्धारा नेपाल सहित १४ देशका नागरिकलाई अस्थाई प्रतिबन्ध

कतारद्धारा नेपाल सहित १४ देशका नागरिकलाई अस्थाई प्रतिबन्ध

फागुन २६, काठमाण्डौ ।
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि कतार सरकारले १४ देशका यात्रुलाई अस्थायी रुपमा प्रवेशमा रोक लगाएको छ । संक्रमण नदेखिए पनि नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी रोक लगाएको हो । १५ जना कोरोना संक्रमित भेटिएको कतारमा संक्रमण बढने सम्भावना बढेपछि प्रभावित देशबाट आउनेलाई रोक लगाएको हो ।
कतारी सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन, लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, इजिप्ट, भारत, इरान, इराक, सिरिया र थाइल्यान्डका नागरिकलाई कतार प्रवेशमा रोक लगाएको हो ।

Advertisement