January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

यूएईमा दुई कामदार र अष्ट्रेलियामा एक नेपाली विद्यार्थीलाई कोरोना संक्रमण

फागुन २६, काठमाडौं ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । दुई नेपालीसहित १४ नयाँ संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै दुई नेपाली, तीन इटली, दुई बंगलादेशीका साथै रुस, सिरिया र भारतका एकएक नागरिक छन् । यससँगै यूएईमा संक्रमितको संख्या ५९ पुगेको छ ।
अष्ट्रेलियाको तास्मानिया राज्यस्थित होबार्टमा एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनलाई अस्पताल भर्ना गरिएको त्यहाँको मन्त्रालयले जनाएको छ ।
फेवु्रवरी २६ मा नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबार्ट आएका एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।

Advertisement