‘मिस युनिभर्स २०२० ग्रेट ब्रिटेन’ को फाइनलमा नेपाली चेली प्रतिष्ठाको प्रवेश
- वाणिज्य न्युज
- २७ फाल्गुन २०७६
२७ फागुन, काठमाडौं ।
नेपाली चेली प्रतिष्ठा राउत ‘मिस युनिभर्स २०२० ग्रेट ब्रिटेन’ को फाइनलमा प्रवेश गरेकी छन् । उनले आगामी ९ देखि ११ जुलाई २०२० सम्म साउथ वेल्सको न्युपोर्ट र कार्डिफमा हुने प्रतिस्पर्धामा ३० भन्दा बढी सुन्दरीसँग प्रतिस्पर्धा गर्नेछिन् ।
बेलायत अल्डरसट निवासी २५ वर्षीया प्रतिष्ठा प्लोर प्लान आर्किटेक्ट हुन् । १७ वर्षमै मोडलिङ थालेकी प्रतिष्ठा हङकङमा जन्मिएकी हुन् ।
प्रतिष्ठा मिस इंग्ल्यान्ड २०१९ सेकेन्ड रनर अप हुन् । ११ जुलाईमा हुने ‘ग्रान्ड फिनाले’ मा जित्नेले मिस युनिभर्स २०२० मा बेलायतबाट प्रतिनिधित्व गर्न पाउने छन् ।
प्रतिकृया दिनुहोस्