कोरोनाबाट अहिलेसम्म विश्वभर चार हजारभन्दा बढीको मृत्यु, संक्रमित भन्दा निको भएर फर्कनेको संख्या बढ्दै
२७ फागुन, काठमाडौं ।
फ्रान्सेली समाचार संस्था एएफपीले मङ्गलबार एक सन्देश जारी गर्दै कोरोनाको कारण मृत्यु हुनेको संख्या ४ हजार भन्दा बढी पुगेको जनाएको छ ।
धेरै देशमा फैलिए पनि यसको असर बिस्तारै कम हुँदै गएको छ यस भाइरसबाट एक लाख १४ हजार ४५८ जनामा सङ्क्रमण पुष्टि भएकामा यसमध्ये ६४ हजार १२० जना निको भएर घर फर्किएका छन् ।
हालसम्म चिनमा सबैभन्दा धेरैको मृत्यु भइसकेकोमा चिनपछि दोस्रोमा इटली रहेको पाइएको छ ।
चीनमा मात्रै संक्रमितको संख्या ८० हजार ७ सय ५४ पुगे पनि ५० हजार भन्दा बढी निको भएर घर फर्किसकेका छन् । त्यसैगरी दक्षिण कोरियामा सात हजार ५१३ जना सङ्क्रमित रहेका र ५४ जनाको मृत्यु भएको जनाइएको छ ।
इरानबाट २ हजार ३९४ जना निको भएर फर्केका छन् । इटालीमा ७२४ जना घर फर्केका छन् ।
विश्वका विभिन्न तथ्याङ्कबारे जानकारी राख्ने वेभसाइट वल्डोमिटरका अनुसार कोरोना भाइरसको सङ्क्रमणपछि उपचार गराएर घर फर्किनेको सङ्ख्या ९४ प्रतिशत रहेको छ ।
बङ्गलादेश र, अल्बानिया पाराग्वेमा तीन ओटा नयाँ देशमा कोभिड–१९ का सङ्क्रमण देखिएपछि विश्वव्यापी स्वास्थ्य चुनौतीको चिन्ता बनेको कोरोना भाइरस संसार ११० देशमा फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।
प्रतिकृया दिनुहोस्