January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

चोरी गर्न घरमा छिरेका यी चोर सोफामै निदाएपछि…

चोरी गर्न घरमा छिरेका यी चोर सोफामै निदाएपछि…

२७ फागुन, काठमाडौं ।
भारतको कर्नाटक राज्यमा सुन्दै अचम्म लाग्ने घटना घटेको छ । भारतको कर्नाटक राज्यको दक्षिण कन्नड क्षेत्रमा एक चोर चोरी गर्ने मनसायले छिरेका थिए । तर रक्सीले टिल्ल परेर उक्त घरभित्र छिरेका उनी चोरी नगरी त्यहीँ सोफामै सुतिरहको बेला घरका मानिसले उनलाई नियन्त्रणमा लिएका छन् ।
छतको टायर फुटाएर उक्त घरमा राति नै छिरेको चोरले टिभी र्याकमा राखिएको चाँबि फेला पारीसकेपछि उनी सोफामा एकछिन पल्टिएका उनी त्यहीँ निदाए । बिहान घरका मानिस उठ्दा उनी सोफामा सुतिरहेका थिए । त्यसपछि उनलाई घरमालिकले प्रहरीको जिम्मा लगाएका थिए ।
घटनाबारे प्रहरीले अहिले थप अनुसन्धान अघि बढाएको छ । एजेन्सी ।

Advertisement