नेपालमा कोरोना नियन्त्रणका लागि चीनले पुरा सहयोग गर्ने चीनियाँ राजदुतको भनाई
फागुन २७, काठमाडौं ।
छिमेकी राष्ट्र चीनले कोरोनाभाइरसको संक्रमण नियन्त्रण र रोकथाम गर्न सबै खालका प्रविधि, औषधी र सूचना नेपाललाई दिन तयार रहेको बताएको छ ।
मन्त्रालयमा मंगलवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग भएको भेटवार्तामा नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीनले अपनाएका सबै खालका प्रविधि, औषधी र सूचना नेपाललाई दिई सहयोगको गर्नको लागि चीन तयार रहेको बताइन् ।
भेटका क्रममा राजदूत यान्छीले कोरोना भाइरसको संक्रमणबाट बच्न नेपालले अपनाएको पूर्व सर्तकता र तयारी राम्रो रहेकाले नेपालमा कोरोना भाइरसको संक्रमण नफैलिने विश्वास व्यक्त गर्दै यदी नेपालमा समस्या भए नियन्त्रणको लागि चीनको पुरा सहयोग रहने बताइन् ।
उनले कोरोना भाइरसको संक्रमणबाट पीडित भएका ८० हजार ९०० चिनियाँ मध्ये ५९ हजार उपचारपछि घर फर्किएको जानकारी दिँदै कोरोना भाइरसको समस्याबाट बाहिर आउन चीनले गरेको प्रयासले चीन चाडै कोरोनामुक्त हुन लागेको भन्दै चीनको अनुभवबाट अन्य देशहरुले पनि सिक्न र सहयोग लिन सक्ने उनको भनाई रहेको छ ।
प्रतिकृया दिनुहोस्