कोरोना भाइरसको संक्रमण बाट भारतमा १ जनाको मृत्यु
३० फागुन, काठमाडौं ।
कोरोनाको संक्रमण बाट भारतमा १ जनाको मृत्यु भएको छ । कर्नाटकका ७६ वर्षीय एक व्यक्तिको कारोना संक्रमण बाट मृत्यु भएको हो । भारतको स्वस्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कारोना संक्रमित एक जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
बिहीबारसम्म भारतभर कोरोना संक्रमण हुनेको संख्या ७४ पुगेको भारतको युनियन स्वास्थ्य मन्त्रालयले जनाएको समाचार दि इन्डियन एक्सप्रेस लगायत भारतीय सञ्चारमाध्यमहरुले प्रकाशित गरेका छन्।पछिल्लो २४ घण्टामै मात्रै कोरोनाका १२ बिरामी थपिएका छन् ।
यसैबीच दिल्ली सरकारले कोरोना भाइरसलाई महामारीको रुपमा घोषणा गर्दै त्यहाँका सबै सिनेमा हल, स्कूल तथा कलेजहरु (जाँच चलिरहेका बाहेक) बन्द गर्ने घोषणा गरेको छ।
प्रतिकृया दिनुहोस्